जेष्ठ नागरिक र बालबालिकालाई रसलाईट मिडियाद्वारा आर्थिक सहयोग

आशिष तामाङ,

काठमाडौं । रशलाइट मिडियाको आयोजनामा क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा  सास्कृतिक कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । कार्यक्रम विज्ञान र संस्कृति केन्द्र कमलपोखरी काठमाडौंमा शुक्रवार सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव रहेका थिए।

त्यस्तैगरी बिषेश अतिथिमा युवा नेता एवं समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णयक महेश गोदार लगायतका अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता रसलाईट मिडियाको अध्यक्ष रमिता भण्डारीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले आयोजकलाइ धन्यबाद दिदै थप सफलताको शुभकामना ब्यक्त गरेका थिए।

उक्त  फेशन शो मा, जयन सुब्बा मानन्धर शो स्टाटर्स ,स्मृति पोखरेल Sequence Stopper र दीपा श्री निरौला शो स्टपर्स रुपमा प्रस्तुत भएका थिए ।

रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न उक्त फेशन शो मा एक दर्जन भन्दा बढि महिला मोडलहरु रेम्पमा प्रस्तुत भएका  थिए ।

डिजाइनरमा मेनका श्रेष्ठ ,नवीन पख्रिन, अनिता खाती क्षेत्री रहेको छ।

कार्यक्रममा छमछमीका फाइनल लिस्टहरु र बालबालिकाले प्रस्तुति दिनुको साथै अजय तुलाधर लगायतले सांगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा ९ वर्षीय बाल प्रतिभा आभा तुलाधरले शिक्षाको बारेमा केही भनाइहरु राखेको थियो भने क्यान एजुकेशन फाण्डेशनले केक काटेर बालबालिकालाई खुशी बढेको थियो।  

कार्यक्रममा क्षितिज भण्डारी,दिनेश शाही,अभिनेत्री दिपाश्री निरौला,रमिता भण्डारी,सम्झना लामा, लगायतलाई श्रम तथा रोजगार मन्त्रीद्वारा सम्मान गरिएको थियो ।

रसलाईट मिडियाको अध्यक्ष रमिता भण्डारीले क्यान एजुकेशन फाण्डेशनलाई रु. एक लाख (१,००,०००),र योङ्ग्छेन फाण्डेशनलाई रु. पचास हजार (५०,००० ) चेक प्रदान गर्नु भएको थियो ।

नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको क्यान एजुकेशन फाण्डेशनकी अध्यक्ष सम्झना लामाले जानकारी दिइन ।

१. शिक्षा ज्योति बासी स्कूल  – धरान, सुनसरी,-

२. बागिश्वरी उच्च माध्यमिक विद्यालय –  च्यामसिंह ,भक्तपुर

३. जनाहित राष्ट्रिय प्राथमिक विद्यालय – पदमपुर ,चितवन

४. भूमेथान प्राथमिक विद्यालय- प्यूठान

५. देवलिंगेश्वर  विद्यालय – दोलखा लगायतको जिल्लाहरुको विद्यालयमा सस्थाले सहयोग गर्दै छ।

कार्यक्रमलाई DSR मल्टिमेडिया र नबिल बैंकले सहयोग गरेको छ।  उक्त्त कार्यक्रमको संचालक स्वयत्ना योन्जनले गरेकी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार