बालबालिकाको सहयोगार्थ फेशन शो कार्यक्रम भव्य तयारी , कार्यक्रम भोली हुने

काठमाडौं। क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडियाको आयोजनामा फेशन शो तथा  सास्कृतिक कार्यक्रम भव्य तयारी कार्यक्रम भोली हुने।

उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले हुने भएको छ।

कार्यक्रम ‘रूसी विज्ञान र संस्कृति केन्द्र कमलपोखरी काठमाडौंमा’ यही २०२० जनवरी ३१ तारिख शुक्रवार दिउसो ३ बजे सम्पन्न हुने आयोजकले जानकारी गराएको हो।

कार्यक्रममा चर्चित मोडलहरु र्‍याम्पमा निस्कने रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिए। भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । नेपालमा फेसन डिजाइनिङमा जमेका डिजाइनरहरुद्वारा तयार पहिरनमा मोडलहरु स्टेजमा उत्रने छन्।

(कोरियोग्राफर रमिता भण्डारी)

कार्यक्रममा कोरियोग्राफर रमिता भण्डारी,  Show Starter जयन सुब्बा मानन्धर, Show Stopper को रूपमा दीपा श्री निरौला र Sequence Stopper स्मृति पोखरेलको प्रस्तुत हुनेछिन् ।

(Show Starter जयन सुब्बा मानन्धर)

कार्यक्रमको अन्य आकर्षणका रुपमा छमछमीका निर्णयक महेश गोदारको नित्य निर्देशनमा विभिन्न सस्कृतिका कार्यक्रमहरु पनि हुने छन। जसमा छमछमीका फाइनल लिस्टहरुले पनि प्रस्तुति दिनु हुने छ।

कार्यक्रमलाई DSR मल्टिमेडिया र नबिल बैंकले सहयोग गरेको छ भने डिजाइनरमा नवीन पख्रिन, अनिता खाती क्षेत्री र मेनका श्रेष्ठ रहेको छ।

(डिजाइनर : मेनका श्रेष्ठ)

उक्त्त कार्यक्रमको संचालक स्वयत्ना योन्जनले गरिने छ।

(उदघो िषका : स्वयत्ना योन्जन)

फेशन शोबाट उठेको रकम क्यान एजुकेशन फाण्डेशन र यङचेन फाण्डेशनलाई प्रदान गरिने छ , उक्त सस्थाबाट बालबालिकाहरुलाई शिक्षामा खर्च हुनेछ ।

कार्यक्रममा ९ वर्षीय बाल प्रतिभा आभा तुलाधरले शिक्षाको बारेमा प्रस्तिती दिने छ।

नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको क्यान एजुकेशन फाण्डेशनकी अध्यक्ष सम्झना लामाले जानकारी दिइन ।

( क्यान एजुकेशन फाण्डेशन – अध्यक्ष: सम्झना लामा )

१. शिक्षा ज्योति बासी स्कूल  – धरान, सुनसरी,-

२. बागिश्वरी उच्च माध्यमिक विद्यालय –  च्यामसिंह ,भक्तपुर

३. जनाहित राष्ट्रिय प्राथमिक विद्यालय – पदमपुर ,चितवन

४. भूमेथान प्राथमिक विद्यालय- प्यूठान

५. देवलिंगेश्वर  विद्यालय – दोलखा लगायतको जिल्लाहरुको विद्यालयमा सस्थाले सहयोग गर्दै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार