ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछार टुडिखेलको समापन के के भए हेर्नू होस

ल्होछार बिशेश

  हेम बोम्जन
 631 पटक हेरिएको

काठमाडौ: जिवा ल्हो टुडिखेलमा भब्यरुपले समापन भएको छ नेपालको चर्चित कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा यसपाली खेलकुदले पनि एकताको संकेत र मार्ग दर्शन प्रशस्त गरिदिएका छन तामाङ चलचित्र संघको दोश्रो मैत्रीपुर्ण ल्होछारकप माघ १० गते समापन गरिएको थियो उक्त खेलमा राष्ट्रिय घेदुङ प्रथम हुन सफल भएको थियो ।

यसै गरि लामा बोम्बोलाइ प्रमुख अथिती बनाएर उद्घाटन गरेको ल्होछारमा प्रेम तामाङलाई तामाङ समुदायले प्रदेश ३ को मुख्यमन्त्री घोषण गरेका छन नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रबिन बलले संचालन गरिरहेको कार्यक्रममा तामाङ लाई मुख्यमन्त्री घोषण गर्ने बित्तिकै २ लाख तामाङले ताली बजाएर स्वीकार्यका थिए ।

मार्मिक भाषण मन्तव्य राख्ने क्रममा प्रेम तामाङले भन्नू भयो ताम्सालिङ मरेको छैन र अहिले सरकारले मृत घोषण गरेको ताम्सालिङ कोमामा रहेको र त्यसलाइ निको पार्ने अचुक औषधि सन्जिबनी तामाङको मुठिमा रहेको भनेर आफ्नो मन्तव्य सकाउनु भएको थियो,मन्तव्य कै क्रममा जनजाति महासंघको अध्यक्ष जगत बरामले तामसालिङ नारा स्वीकार्न नसक्ने राष्ट्रपति हाम्रो नभएको र राष्ट्रपतिले दिएको शुभ कामना नचाहेको भन्दै आक्रामक भाषण गरेका थिए संघीय घेदुङको अध्यक्ष मोहन गोले पनि आक्रमक रुपमा प्रस्तुभएको थियो ।

सरकारि निकाएको कुनै पनि ब्यक्ति लाई स्टेजमा स्थान नदिए यसपालिको ल्होछार साँस्कृतिक कार्यक्रममा केन्द्रित थियो र सांस्कृतिक बिभागको समायोजन भने
तामाङ चलचित्र संघ नेपालले गरेका थियो सहसमायोजन भने तामाङ कलाकार संघ नेपाल र दुई घेदुङका सांस्कृतिक बिभाग रहेका थिए ।

साँस्कृतिक कार्यक्रमको सभापतित्व तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले गर्नु भएको थियो राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रममा चन्द्र कुमार दोङ जयनन्द लामा बिजय लामा प्रेम लोप्चन इन्दिरा गोले संजिव वाइबा बुद्ध लामा आस्मन लोप्चन जगत घिसिङ लगायतले संगीतिक प्रस्तुति दिएका थिए,
तामाङ चलचित्रको सफल निर्देशक निमा लामा तामाङ अभि लामा अनिता गोले सुनिता लुङ्बा उर्मिला वाइबा लाक्पा लामा अमिर मोक्तान कविता दोङ लगायतले नृत्य प्रस्तुत गरेका थियो र दर्ज्यु टेलिसिरेलका टिमले आफ्नो प्रस्तुति पनि राखेका थिए ।

q

बिपत ब्यबस्थापनको  जिम्मा पाएका युवा नेता संघीय घेदुङको  युवाको अध्यक्ष बिलम मुक्तानले सफल ब्यबस्थापन गरेका छन,लाखौंको संख्यामा उपस्थित जनमानसलाई आफ्नो जिम्मेवार सहजरुपले सफल ब्यबस्थित गरेका थिए साथै आफ्नो मातहत भित्रका युवाहरुलाइ परिचालन गरेर स्वास्थ शिविर मिडिकल डेक्स समेत उपलब्ध गराएका थिए । कार्यक्रम लाई कर्मा लो जयन कुमार मोक्तान सुनिता लुङ्बा सुदिन दोङ मिक्साङ वाइबा तारा लामा ब्लोन लगायतले संचालन गरेका थिए ।

यसै गरि ल्होछारलाई राजनीतिकरण हुन बाट बचाउन भोइस अफ युथले खबरदारी गरेको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै साँस्कृतिक बिभागको जिम्मा लिएका तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले सम्पुर्ण सहयोगीहात हरुलाइ धन्यवाद दिदै समापन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार