दाङको घोराहीमा सडकबत्ती जडान शुरु ।

  ग्राण्ड संम्बाददाता
 105 पटक हेरिएको

घोराही – दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे हो ।

घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएकोछ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ ।

विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ ।एपेक्स नेपालले दुर्ई करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ । एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले पहिलो चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएको बताउनुभयो ।जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेकोे उहाँले बताउनुभयो ।

“पहिलो चरणअन्तर्गत ७१ वटा खम्बामध्ये ५० वटा खम्बा जडान भइसकेका छन्”, उहाँले  भन्नुभयो, “दुई दिनभित्रै बाँकी खम्बा जडानको काम सम्पन्न गर्छौं ।” कम्पनीले सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार