NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले रास्ट्रय खाना गुन्द्रुक र ढिडो खाएर मनायो टोपी दिवस ।

  ग्राण्ड संम्बाददाता
 346 पटक हेरिएको

जोहोर बारु – हाम्रो टोपी, हाम्रो सान, नेपालीको पहिचान” भन्ने मुल नाराका साथ सातौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले जोहोर बरुको सेनाइ मा भब्य रुपमा सम्पन्न गरेको छ ।

गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले आयोजना गरेको उक्त कार्यक्रम मा ब्यपारी श्रमिक का साथै श्रमिक अगुवा हरु को जमघट भएको थियो । हामी जहाँ रहे पनि हाम्रो सस्कृती परम्परा र पहिचान लाई जोगाउने उदेश्यले हरेक बर्ष झै यश बर्ष पनि विभिन्न देश हरु कार्यरत नेपाली हरु ले यश बर्ष पनि भब्यताका साथ सम्पन्न भएको छ ।

यसै गरि गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले पनि गत बर्ष झै यश बर्ष पनि रास्ट्रय खाना गुन्द्रुक र ढिडो खाएर 2020/1/1 का दिन जोहोर बारु को सेनाइ मा गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया का अध्यक्ष मिम गुरुङ को अध्यक्षता मा सप्पन्न भएको थियो र कार्यक्रम मा प्रमुख अतिथि इन्द्र बहादुर थापा विशेष अतिथि गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया का सल्लाहकार रमेश मल्ल अतिथि गङ्गा चाम्लिङ राई रहनु भएको थियो र कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया का सचीव अर्जुन सिह अनुरागी ले गर्नु भएको थियो । कार्यक्रम मा बिशेश गरि मलेसिया मा कसरी सुरक्षित रहने भन्ने कुरा मा पनि व्यापक छलफल भएको र श्रमिक सचेतता मुलक कार्यक्रम को औपचारिक उद्घाटन भएको गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति कि उपाध्यक्ष वेदना श्रेष्ठ ले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार