ट्राफिक प्रमुख नै यात्रु बनेर सार्वजनिक बस चढेपछि गरे यस्तो अनुभव

काठमाडौं । सार्वजनिक यातायातमा हुने वेथितिवाट वाक्क बनेका सर्वसाधारणले कहिले काँही भन्ने गर्छन यस्ता यातायात यो देशका नेता र प्रहरी आफै चढे बल्ला अवस्था थाहा पाउँछन् । भिआइपीको सवारीका कारण सर्वसाधारणले भोग्ने सास्ती देखि सार्वजनिक सवारी साधनमा भोग्ने नियतीको हिसावकिताव नै छैन । सार्वजनिक सवारी साधनमा भेडाबाख्रा जसरी कोचिएर दिनहुँ यात्रा गर्नुको काठमाडौंवासीको दैनिकी बनिसक्यो ।

सार्वजनिक सवारी साधनमा देखिएका यस्ता थुप्रै गुनासा आएपछि महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बिहीबार दिनभरी त्यसको अनुगमन गरे । दिनभरी सर्वसाधारण यात्रु जसरी नेपाल यातायातको यात्रु बन्ने देखि ट्याक्सीमा समेत उनी गुडे । दिउसो करिब २ बजे पानी परिरहेकै बेला सादा पोशाकमा नेपाल यातायात चढेका उनले पनि सर्वसाधारणले झै सास्ती भोगे । नेपाल यातायातको पछाडी पुगेका एसएसपीलाई बसका सहचालकले पछाडी सर्नु भन्न छोडेनन् ।

त्यहाँ ओर्लिएपछि उनी बा २ ज ३८७६ नम्बरको ट्याक्सी चढेर कोटेश्व पुगे । ट्याक्सीमा मिटर अन भए नभएको अनुगमन गरे । नयाँ वानेश्वरवा पैदल हिडेर एसएसपी ढकाल सिभिल अस्पताल पुगे । त्यहाँ रहेको ट्याक्सीमा बसेर रत्नपार्क जान लाग्दा उनले मिटरमा जान ट्याक्सी चालकलाई अलि जोडबल नै लगाउनुपर्यो ।

सार्वजनिक यातायातका बारेमा व्यापक गुनासो आएपछि आफू यात्रु नै बनेर अवस्था अनुगमन गर्न निस्किएको ढकालले बताए । उनले यात्रु बनेर हेर्दा कयौं सवारीमा क्षमताभन्दा बढी यात्रु, लेन मिच्ने, साँघुरा सिट बनाइएको, सार्वजनिक यातायात फोहोर रहेको र आरक्षण सिटकोसमेत सदुपयोग नभएको पाएको बताए ।

चालक र यात्रुकै कमजोरीका कारण कतिपय दुर्घ’टना हुने गरेको एसएसपी ढकालले बताए । उनले सहचालकले यात्रुहरुसँग गर्ने व्यवहार पनि मैत्रीपूर्ण नपाएको बताएका छन् । अब अनुगमनलाई निरन्तरता दिने र लापरवाही देखिए का’रवा’ही गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार