तामाङ डाजाङको नवा निर्वाचित अध्यक्षसंग – ग्रान्ड सम्बादाता हेम बोम्जन ” डाजाङ ” बारे टेलिफोन वार्ता।

  ग्रान्ड सम्बादाता
 1178 पटक हेरिएको

काठमाडौ : असोज १० गते शुुुुुुुक्रबार  भएको तामाङ डाजाङको अधिवेशनमा फुलकुमार बोम्जन र नेत्र तामाङ बीच कडा प्रतिष्पर्धा भएकाे थियाे । नेत्र तामाङले एकदम झिनो ७ मत ल्याएका थिए, भने बोम्जनले २० मत ल्याएर बिजय भएको हो।

निर्वाचित कार्यसमिति

अधिवेशनले अध्यक्षमा फुलकुमार बोम्जन
उपाध्यक्षमा मनिकलाल घिसिङ, सचिवमा निकिता तामाङ,
काेषाध्यक्ष फूलमाया तामाङ (प्रयत्ना),
सह-सचिवमा सम्देन दाेङ तामाङ निरबिराेध निर्वाचित भएको थियो । यसैगरी सदस्य हरु पनि चयन भएको छन सदस्यहरूमा इश्वर थाेकर तामाङ,
मानकाजी तामाङ,
स्वयंवर सिंह तामाङ,
दम्चे दाेर्जे लामा,
तेजबहादुर तामाङ,
शान्ति तामाङ,
कविराज तामाङ,
रचना माेक्तान तामाङ,
हिरामाया घिसिङ, (कुसुम),
वाङछु पासाङ तामाङ रहेका छन् ।

अधिवेशन नेपाल तामाङ घेदुङकाे हलमा शुुुुुुुुक्राबार असोज १० गते विहान सम्पन्न गरेकाे हाे । तामाङ डाजाङले तामाङ साहित्य क्षेत्रमा काम गर्दै आइरहेका छन् । साथै डाजाङबाट नै मासिक म्यागजिन पत्रिका समेत प्रकाशन गर्दै आएका छन् ।

डाजाङले गत भदाैं २८ गते नेपाल तामाङ घेदुङकाे हलमा गरेकाे अधिवेशन स्थगित गरेकाे थियाे । अधिवेशन सहमतिमा अघि कार्य समिति चयन गर्न गाह्राे भएपछि असाेज ११ गतेकाे लागि मिति तय गरेकाे थियाे । स्थगित अधिबेशन विभिन्न कसरतको बिच फुलकुमार बोम्जनको नेतृत्वमा पुगेको हुन अब डाजङ फुलकुमार बोम्जन्ले नेतृत्व गर्ने छन यसै सेरोफेरोमा रहेर हामिले फुलकुमार बोम्जन संग फोन बार्ता गरेको थियो।

अन्तरबार्ता हेर्नुहोस👇️

१ : खासमा तामाङ भाषामा तपाइहरुले डाजङ भनेर नामकरण गर्नु भएको छ खास यो डाजङ भनेको के हो ? अध्यक्ष ज्यु केही प्रष्ट पारिदिनुस न?

#खासमा डाजङ भनेको तामाङ भाषामा मन्च हो यो तामाङ साहित्य र तामाङ सौर्न्दर्य कलामा कलम चलाउने हरु आबद्ध छन यो जुन सुकै तामाङ हरुले कार्यक्रम गर्दा प्रयोग हुनु पर्ने मन्चलाई तामाङ भाषामा डाजङ भनिन्छ ।

२: तामाङ साहित्यमा भाषा फरकफरक प्रयोगमा ल्याउदा भाैगोलिक हिसबमा शब्द नबुज्ने र दोहोरो अर्थ लाग्छ यस्लाई अब कसरी एकरुपता बनाउने कार्ययोजना छ?

# तामाङ डाजङले भाषा मानवीज्ञ पद्धति मानविज्ञ बुकलेट पनि तयारी गरिसकेको छ त्यसलाई कसरी एकरुपता गर्ने भनेर भाषाबिद हरुसंग बसेर छलफल गरेर भोलिको दिनमा कसरी प्रशासनिक प्रयोगको भाषामा ल्याउने भन्ने र कतिपय नपुगेको भाषालाइ थपिदै हामी अझ बुकलेट सक्तिसाली बनाउनेमा जोड दिन्छौ ।

३:हामी यो देशको थोरै जनसंख्या भएको तामाङहरु डाजङ जस्तो एक संस्थमा सर्वासम्मत हुन नसक्नु चुनाब नै गर्नु पर्ने स्थिति आए पछि,तपाईं हरु बिच अन्तरद्वन्द मन मुटाव भएर संस्थालाई त प्रभाव पर्दैन नि ??

#चुनाब पनि एक लोकतान्त्रिक पद्धति हो,कुनै पनि साथिहरु छोटो समयमा संस्था लाई ह्यान्डिल गर्न सक्छ भने यो चुनाबमा भाग लिन सक्नु हुन्छ तर यहाँ मनमुटाव हुने कुनै कुरा छैन जो साथी आएपनी संस्थाको हितको लागि आउने हो जो पनि आउन सक्ने छ यहाँ मनमुटाव हुने कुनै पनि कुरा छैन ।

४:समाचारहरुमा तपाईं लाई बधाइ दिएको छ, तपाइको प्रतिद्वन्द्वी नेत्र तामाङ जि को मनमा मैले हारे यो संस्था अब ठिक छैन यो भन्द ससक्त संस्था खोल्छु अझ राम्रो भएर देखाउछु भनेर प्रतिद्वन्द्वीले अर्को संस्था खोल्न खोज्नु भयो भने तपाईं सहकार्य गर्नु हुन्छ कि खोल्न दिनु हुन्छ ??

# यहाँ अआफ्नो पाठ छ अआफ्नो विधा छ यहि संस्थामा रहेर तामाङ ज्ञान साहित्य तामाङ सौर्न्दर्य कलामा कलम चलाउन सक्नु हुने छ फेरि यहि संस्थाको साथीहरुलाइ साथमा लिएर अर्को नेतृत्व लिन सक्नु हुने छ हाम्रो पत्रिकमा उहाको लेख हरु जहिले छापिने छ हामी जहिले स्वागत गर्छु यो एउटा लोकतान्त्रिक पद्धति हो हार जित एकअर्कामा स्वीकार्नु पर्छ अर्को संस्था खोल्नु पर्ने विवाद गर्नु पर्ने कुनै पनि ठाउँ देखिदैन ।

५: तपाईं डाजङको निर्वाचन पछि अध्यक्ष हुनु भयो भन्नुस तामाङ पहिचान आन्दोलन अनि भाषा लिपि र हाम्रो तामाङ साहित्य लेखनमा तपाइको भुमिका के रहन्छ ?

# हामी अब तामाङ लेखक हरुको लेख अनि तामाङ साहित्य हरु आर आर कलेज मा हुने प्रत्येक महिनाको साहित्यक कार्यक्रम चलाउछौ, गाउपालिका देखि तामङ बस्ती हरुमा गएर हामी तामाङको भाषा लिपि अनि प्रचार प्रसार गर्छौ तामाङ सभ्यताको बिषयमा लेखिएको किताब हरु हामी तामाङ समुदाय मा लगेर संस्थाको तर्फ बाट जतिसक्छौ त्यति आन्दोलनकै रूपमा हामी पुराउछौ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार