दसैंको मुखमा तातोपानी नाका फेरि बन्द

काठमाडौं । चीनको तातोपानी नाका फेरि बन्द भएको छ । दसैंको मुखमा नाका सुनसान रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

पहिरोका कारण नाका बन्द भएको हो । समाचारअनुसार, चीनको न्यालमदेखि खासाको रमितेसम्म सडक भासिएको छ ।

भासिएको सडक मर्मतको काम हुँदैछ । सडक मर्मत नसकुञ्जेलसम्म सवारी आवागमन बन्द रहनेछ ।

सडक मर्मतको काम सक्न कम्तीमा पनि सात दिन जति लाग्नसक्ने समाचारमा उल्लेख छ ।

यसअघि २०७२ को विनासकारी भूकम्पपछि चीनले यो नाका बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार